काठमाडौं, फागुन २४ । पछिल्लो २४ घण्टामा १९४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । छ हजार ३९४ जनामा परीक्षण गर्दा १९४ जनामा सङ्क्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार तीन हजार ६३८ जनाको पीसीआर परीक्षण गर्दा ७४ जनामा र दुई हजार ७५६ जनाको एन्टिजेन परीक्षण गर्दा १२० जनामा सङ्क्रमण पुष्टि भएको हो। २४ घण्टामा कोरोनाबाट एक जनाको मृत्यु भएको छ।
मन्त्रालयका अनुसार सोही अवधिमा ३४८ जना सङ्क्रमणमुक्त भएका छन्। सङ्क्रमण मुक्त हुने दर ९८.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । २४ घण्टामा दुई लाख तीन हजार ६२५ जनाले खोप लगाएका छन्। हाल देशभर पाच हजार ८७५ सकृय सङ्क्रमित रहेका छन्।




