काठमाडौं, फागुन २४ । प्रधानमन्त्री शेरबहादुर देउवाले महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गर्न सबै एकजुट हुनुपर्ने बताएका छन्।
मंगलबार ११२ औँ अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा राष्ट्रिय सभागृहमा आयोजित समारोहमा बोल्दै प्रधानमन्त्री देउवाले नेपालको मूल कानुनले नै महिलाको सम्पूर्ण अधिकार सुनिश्चित गरेको बताएका हुन्ु।
‘हाम्रो मूल कानुनले नै महिलाको सामाजिक, आर्थिक, राजनीतिक अधिकार सुनिश्चित गर्नका लागि नीतिगत व्यवस्थाहरू गरेको छ, महिलाको हकमात्रै होइन, धेरै वटा अधिकारहरूलाई संविधानले मौलिक हकको रुपमा व्यवस्था गरेको छ,’ उनले भने। प्रधानमन्त्री देउवाले महिला सशक्तिकरण सबैको साझा सरोकारको विषय भएको बताए।




