Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

स्थानीय तह निर्वाचन निर्देशिका बन्दै

स्थानीय तह निर्वाचन निर्देशिका बन्दै

images
  • समाचार
  • फाल्गुण २४, २०७८ मंगलवार ११:४२ बजे
  • 868
    SHARES
  • images

    काठमाडौँ, फागुन २४ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन, २०७९ का लागि आवश्यक निर्देशिका बनाउने कार्य अन्तिम चरणमा पुर्याएको छ। निर्वाचन कार्यतालिकाबमोजिम फागुन २५ भित्र सबै मस्यौदालाई अन्तिम रूप दिनुपर्नेछ। निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले स्थानीय तह निर्वाचन, २०७९ का लागि १४ वटा निर्देशिका आवश्यक हुने बताएका छन्। 

    आयोगका अनुसार जनशक्ति व्यवस्थापन, निर्वाचन मतदान, मतगणना, आर्थिक व्यवस्थापन, निर्वाचन सुरक्षा, निर्वाचन अनुगमन, निर्वाचन पर्यवेक्षण, मतदाता शिक्षा, आचारसंहिता, जनशक्ति प्रशिक्षण, निर्वाचन विवाद ९सुनुवाइ तथा निरुपण०, कसुर तथा सजाय, सञ्चारमाध्यम अनुगमनसहितका निर्देशिका निर्वाचन प्रयोजनका लागि आवश्यक पर्नेछ। आयोगले पछिल्लो निर्वाचनमा प्रयोगमा आएका निर्देशिकालाई नै संशोधन तथा परिमार्जन गर्दै छ। सहायक प्रवक्ता अर्यालले भने, “शून्यबाट कुनै पनि निर्देशिकाको मस्यौदा गर्नु परेको छैन, विद्यमान निर्देशिकालाई समयसापेक्ष आयोगको आवश्यकताबमोजिम परिमार्जन र संशोधन गरिँदै छ। ”

    हालसम्म जनशक्ति व्यवस्थापन निर्देशिका र आर्थिक व्यवस्थापन निर्देशिका स्वीकृत भइसकेको छ । सहायक प्रवक्ता अर्यालले भन्नुभयो, “आर्थिक व्यवस्थापनमा अर्थ मन्त्रालय र आचारसंहिता निर्देशिकामा कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको सहमति आवश्यक पर्छ, अन्य मस्यौदा भने आयोग आफैँले सम्पूर्ण प्रक्रिया अपनाएर स्वीकृत गर्नेछ । ”

    आचारसंहिताको मस्यौदा भने कानुन मन्त्रालयबाट सम्पादन भएर आयोगमा फर्काइएको र छिट्टै स्वीकृत हुने अर्यालले बताए। हालसम्म जनशक्ति र आर्थिक व्यवस्थापन गरी दुईवटा मस्यौदा स्वीकृत भएरनिर्देशिकाका रूपमा प्रयोगमा आइसकेको छ।आयोगले स्वीकृत निर्वाचन कार्यतालिका पछ्याउँदै जाँदा निर्देशिकाबमोजिम कार्यक्रम अगाडि बढाउनेछ। उहाँले आर्थिक व्यवस्थापन, सुरक्षा, आचारसंहिता, जनशक्ति प्रशिक्षण, अनुगमन र पर्यवेक्षण, मतदाता शिक्षालगायतका निर्देशिका तत्काल आवश्यक पर्ने बताए। आचारसंहिता लागू भएपछि मात्रै मतदान, मतगणना, सञ्चारमाध्यम अनुगमन, निर्वाचन विवाद, कसुर तथा सजायलगायतका निर्देशिकाबमोजिम कार्य सम्पादन हुने सहायक प्रवक्ता अर्यालले भने। मतदान हुने मिति नजिकिँदै जाँदा आयोगले मतदाता शिक्षा कार्यक्रमसमेत सञ्चालन गर्ने तयारी गरेको छ तर कार्यविधि बनिसकेको छैन। मतदाता शिक्षाका लागि आवश्यक सन्देशमूलक सामग्री भने सङ्कलनका क्रममा रहेको छ । मतदाता शिक्षा सञ्चालनपूर्व नै निर्देशिकालाई अन्तिम रूप दिनुपर्ने उहाँले बताए।

    २०७९ वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आयोगसमक्ष अब ६७ दिन मात्रै बाँकी हुंदा आयोगले चैत तेस्रो सातादेखि आचारसंहिता लागू गर्ने तयारी गरेको छ।  

    images
  • सम्बन्धित विषय:

  • # nirbachan aayog

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology