काठमाडौँ, फाल्गुन २२ । नेपाली राष्ट्रिय क्रिकेट टिमले घरेलु मैदान कीर्तिपुरमा एकदिवसीय र त्रिदेशीय टी–२० क्रिकेट सिरिज खेल्ने पक्का भएको छ। नेपाल क्रिकेट संघ ९क्यान० ले आइतबार सिरिज खेल्ने तालिका सार्वजनिक गरेको हो।
नेपालले पपुवा न्युगिनी ९पीएनजी० सँग मार्चमा एकदिवसीय अन्तराष्ट्रिय सिरिज खेल्नेछ। नेपालले पीएनजीसँग मार्चमा मार्च २५ र २६ दुई खेलको एकदिवसीय सिरिज खेल्ने पक्का भएको हो। यसैगरी नेपालले टियु मैदान कीर्तिपुरमै पीएनजी र मलेसियासँग त्रिदेशीय टी–२० सिरिज खेल्ने भएको हो। क्यानका अनुसार त्रिदेशीय सिरिज मार्च २८ देखि अप्रिल ४ तारिखसम्म हुनेछ ।




