काठमाडौं फागुन २३ । श्रीलंका भ्रमणमा रहेको नेपालले पहिलो अभ्यास खेलमा श्रीलंका नौसेनाविरुद्ध पहिला ब्याटिङ गर्दैछ । नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन्।
नेपालले पहिलो अभ्यास खेलमा सोमपाल कामी, पवन सरार्फ, भीम सार्की, विवेक यादव र आरिफ शेखलाई बेन्चमा राखेको छ। युएईमा हुने आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अघि नेपालले अभ्यास खेलका लागि श्रीलंका भ्रमणमा छ। श्रीलंकामा एक हप्ताको बसाईंपछि मार्च १४ मा नेपाली टोली युएई पुग्नेछ। मार्च ८ मा आजको टोलीसँग दोस्रो अभ्यास खेल खेल्नेछ। मार्च १० मा श्रीलंका पुलिस र मार्च ११ मा प्रथम श्रेणीका खेलाडी सम्मिलित संयुक्त ११ सँग खेल्ने छ।
विश्वकप लिग–२ मा नेपालले मार्च १६ देखि २२ सम्म पुएई र पपुवा न्युगिनीसँग खेल्नेछ। त्यसपछि नेपालले घरेलु मैदानमा मलेसिया र पपुवा न्युगिनीसँग टि२० आई त्रिकोणात्मक सिरिज खेल्नेछ। नेपालले चैत ११( मार्च २५) मा पपुवा न्युगिनीसँग पहिलो ओडिआई खेल खेल्ने छ। चैत १२ (मार्च २६) मा मा दोस्रो ओडिआई खेल खेल्ने छ । त्रिकोणात्मक टि२० आई सिरिज भने चैत १४ देखि २१ गर्ते ९ मार्च २८ देखि ४ अप्रिल० सम्म टियु मैदानमा हुनेछ । क्यानले त्रिकोणात्मक टि२० आई सिरिजको भने खेल तालिका सार्वजनिक गरेको छैन।




