Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

छात्रामाथि बलात्कार गरेको आरोपमा एक शिक्षक पक्राउ

छात्रामाथि बलात्कार गरेको आरोपमा एक शिक्षक पक्राउ

images
  • समाचार
  • फाल्गुण २३, २०७८ सोमवार ११:२८ बजे
  • 844
    SHARES
  • images

    काठमाडौं, फागुन २३ । अर्घाखाँचीको मालारानीमा एक छात्रामाथि बलात्कार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन्।

    माध्यमिक विद्यालयमा अध्यापन गराउने २७ वर्षीय शिक्षकले सोही विद्यालयमा अध्ययनरत १५ वर्षीय विद्यार्थीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरी उनलाई पक्राउ गरेको हो। गत पुस १९ गते घर नजिकैको स्थानीय जंगलमा जबरजस्ती करणी गरेका ती शिक्षकले गर्भपतन समेत गराउन लगाएको प्रहरीमा दिएको जाहेरीमा उल्लेख रहेको अर्घाखाँची प्रहरी प्रवक्ता प्रहरी निरीक्षक गणेश खनालले जानकारी दिए। 

    प्रतिवादी शिक्षकलाई नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धान पश्चात अर्घाखाँची जिल्ला अदालतबाट ६ दिन म्याद थप भई कानून बमोजिम थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ। 

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology