काठमाडौं, फागुन २२ । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक सोमबारसम्मको लागि स्थगित भएको छ। फागुन २० गते शुक्रबारदेखि सुरु भएको माओवादी केन्द्रीय समितिको बैठक हिजो शनिबार थप गृहकार्य गरेर आज बस्न लागेको थियो।
माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक सोमबारसम्मको लागि स्थगित भएको केन्द्रीय सदस्य दीलिप महर्जनले जानकारी गराए। तर समय अभाव तथा थप गृहकार्य गर्नुपर्ने भन्दै भोलिसम्मको लागि स्थगित भएको उनले बताए।
यसअघिको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समसामयिक राजनीतिक विषयमा रिपोर्टिङ प्रस्तुत गरेका थिए । संसदबाट अनुमोदन भइसकेको मिलिनियम च्यालेन्ज कर्पोरेशन एमसीसी परियोजनाबारे छलफल गरिएको थियो।
बैठकमा नेता नारायणकाजी श्रेष्ठ, लीलामणि पोखरेललगायतका नेताहरुले एमसीसीमा फरक मत राखेका थिए।




