Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

माओवादी केन्द्रीय समितिको बैठक दिउँसो १ बजेलाई सर्यो

माओवादी केन्द्रीय समितिको बैठक दिउँसो १ बजेलाई सर्यो

images
  • समाचार
  • फाल्गुण २०, २०७८ शुक्रवार ११:१७ बजे
  • 424
    SHARES
  • images

    काठमाडौं, फागुन २० । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यसमितिको बैठक बिहान ११ बजे तय भए पनि बैठक दिउँसो १ बजे सरेको केन्द्रीय कार्यालयले जनाएको छ।

    माओवादीको पदाधिकारी एवम् कार्य समितिलाई पूर्णता दिइने, कार्यविभाजन, भावी कार्ययोजना लगायत संसदबाट अनुमोदन भइसकेको अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे थप छलफल हुने पार्टी केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले बताए।

    यसलगायत आगामी स्थानीय तहको चुनाव र आगामी दिनमा पार्टी कस्तो भूमिकामा प्रस्तुत हुने विषयमा आन्तरिक बहस भइरहेकाले पनि माओवादी केन्द्रको बैठक केही घण्टा पर सरेको उनको भनाइ छ । बैठक काठमाडौंस्थित राष्ट्रिय सभागृहमा बस्ने जनाइएको छ ।

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology