Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

थप १०५ जनामा कोरोना सङ्क्रमण, तीनको मृत्यु

थप १०५ जनामा कोरोना सङ्क्रमण, तीनको मृत्यु

images
  • समाचार
  • फाल्गुण १९, २०७८ बिहिवार १७:२२ बजे
  • 991
    SHARES
  • थप १०५ जनामा  कोरोना सङ्क्रमण, तीनको मृत्यु
    images

    काठमाडौं, फागुन १९ । पछिल्लो २४ घण्टामा १०५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। चार हजार ९२४ जनामा परीक्षण गर्दा पीसीआर र एन्टिजेन गरेर १०५ जनामा सङ्क्रमण पुष्टि भएको छ। 

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई हजार ४४८ जनाको पीसीआर परीक्षण गर्दा ७० जनामा र सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले  दुई हजार ४७६ जनाको एन्टिजेन परीक्षण गर्दा ३५ जनामा सङ्क्रमण पुष्टि भएको छ । सोहि अवधिमा ३२० जना सङ्क्रमणमुक्त भएका छन्। सङ्क्रमण मुक्त हुने दर ९८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

    मन्त्रालयका अनुसार २४ घण्टामा तीन जनाको मृत्यु भएको छ। योसँगै मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९४४ पुगेको छ। पछिल्लो २४ घण्टामा मुलुकमा एक लाख २४ हजार ७८८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। त्यस्तै नेपालमा हाल सात हजार ५१७ जना सक्रिय सङ्क्रमित छन्।

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology