नेता उज्वल थापाको ४४ वर्षको उमेरमा निधन
कोरोना संक्रमणबाट गम्भीर बिरामी परेका विवेकशील साझा पार्टीका पूर्व संयोजक उज्वल थापाको निधन भएको छ । मेडिसिटी अस्पतालको भेन्टिलेटरमा उपचार गराइरहेका थापालाई अस्पतालले मंगलबार अपरान्ह ५ बजेर २९ मिनेटमा मृत घोषित गरेको छ ।
नेपालमा फरक धारको वैकल्पिक राजनीतिलाई स्थापित गर्न भूमिका खेलेका विवेकशील नेपाली दलको संस्थापक अध्यक्ष तथा विवेकशील साझा पार्टीका पूर्व संयोजक रहेका थापा नेपाली राजनीतिमा युवाहरुले नेतृत्व गर्नुपर्छ भन्ने र फरक विचारको प्रतिनिधित्व गर्ने सरल नेता मानिन्छन् ।





