Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

निर्वाचन आयोगलाई आठ अर्ब ११ करोडको सुनिश्चितता

निर्वाचन आयोगलाई आठ अर्ब ११ करोडको सुनिश्चितता

images
  • समाचार
  • फाल्गुण १९, २०७८ बिहिवार १७:०२ बजे
  • 871
    SHARES
  • निर्वाचन आयोगलाई आठ अर्ब ११ करोडको सुनिश्चितता
    images

    काठमाडौं, फागुन १९ । स्थानीय तहको निर्वाचन सञ्चालन एवम् व्यवस्थापनका लागि आठ अर्ब ११ करोड रुपियाँ बजेटको सुनिश्चितता भएको निर्वाचन आयोगले बताएको छ।

    नियमित पत्रकार सम्मेलनमार्फत बिहीबार आयोगका प्रवक्ता शालीग्राम शर्माले अर्थ मन्त्रालयबाट हाललाई सो रकमको सुनिश्चितता भएको बताएका हुन्। यसैगरी, मतदाताको एकभन्दा बढी नाम भएको, मृत्यु भएको वा नागरिकता त्याग गरेको लगायतका निर्वाचनसँग सम्बन्धित मतदाता नामावलीको जाँचबुझ फागुन २० देखि २६ गतेसम्म गरिने उनले बताए।

    स्थानीय तहमा भाग लिने राजनीतिक दलको नाम पनि २६ गतेभित्र नै प्रकाशन हुने उनले जानकारी दिए। अहिले चुनावमा भाग लिन आयोगमा निवेदन दिएका ८० दलको जाँचबुझ भइरहेको छ। स्थानीय तहमा खट्ने प्रमुख निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको नामावलीसमेत सम्बन्धित निकायबाट प्राप्त भइसकेको र यो जाँच बुझको क्रममा रहेको आयोगले जनाएको छ।

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology