काठमाडौँ, फाल्गुन १९ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने र युवा ओपनर कुशल भुर्तेलले राम्रो फड्को मारेका छन्। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले बुधबार सार्वजनिक गरको वलिङको वरीयतामा सन्दीपले सात स्थान र कुशलले ब्याटिङमा आठ स्थान सुधार गरेका छन्।
ब्याटिङतर्फ कुशल ३१औँ स्थानमा उक्लिएका छन्। यसअघि उनी ३९औँ स्थानमा थिए। ब्याटिङमा दीपेन्द्रसिंह ऐरी ५०औँ स्थानमा छन्। बलिङमा सन्दीप ३६औँ स्थानमा ीिक्लएका छन्। यसअघि सन्दीप ४३औँ स्थानमा थिए। नयाँ वरीयताको बलिङमा अभिनाश बोहरा ८२औँ स्थानमा उक्लिएका हुन्।
यसअघि उनी ८६औँ स्थानमा थिए। हालै ओमानमा भएको आईसीसी टी–२० विश्वकप ग्लेबल छनोटको प्रदर्शनका आधारमा नेपाली खेलाडीको वरीयता सुधार भएको हो । टी–२० वरीयतामा नेपाल १३औँ र एकदीवसीयमा १६औँ स्थानमा छ।




