Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

नेपालले श्रीलंकामा चार अभ्यास खेल खेल्ने

नेपालले श्रीलंकामा चार अभ्यास खेल खेल्ने

images
  • समाचार
  • फाल्गुण १९, २०७८ बिहिवार १२:५८ बजे
  • 1.0K
    SHARES
  • images

    काठमाडौं, फागुन १९ । नेपाली क्रिकेट टोलीले आइसिसी विश्वकप लिग–२ अन्तर्गत युएई, पपुवा न्युगिनी र नेपालबीचको त्रिकोणात्मक ओडिआई सिरिज अघि श्रीलंकामा चार अभ्यास खेल खेल्ने भएको छ।

    नेपालले युएई जानुअघि श्रीलंका स्थानीय टोलीसँग चार अभ्यास खेल खेल्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । क्यानका अनुसार ती टोलीबाट श्रीलंका राष्ट्रिय टोलीका खेलाडी पनि खेल्न सक्ने सम्भावना छ। नेपाल शनिबार श्रीलंका जानेछ। श्रीलंकामा एक हप्ताको बसाईपछि मार्च १३ मा युएई पुग्नेछ । नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायिकेले उक्त अभ्यास खेल खेल्ने वातावरण मिलाएको बुझिएको छ । नेपाली टोली युएई भ्रमणको लागि २० सदस्य खेलाडी बन्द प्रशिक्षणमा छन्। युएई भ्रमणमा १६ सदस्य खेलाडी जानेछन्। विश्वकप लिग–२ मा नेपालले मार्च १६ देखि २२ सम्म पुएई र पपुवा न्युगिनीसँग खेल्नेछ।

    त्यसपछि नेपालले घरेलु मैदानमा मलेसिया र पपुवा न्युगिनीसँग टि२० आई त्रिकोणात्मक सिरिज खेल्नेछ। पपुवा न्युगिनीसँग दुई ओडिआई खेल पनि खेल्ने बुझिएको छ। नेपालले आइसिसी विश्वकप लिग–२ मा हालसम्म दुई त्रिकोणात्मक सिरिज खेलेको छ। नेपालले २०२० मा घरेलु मैदान टियुमा ओमान र अमेरिकासँग खेलेको थियो। गत असोजमा ओमानमा ओमान, नेपाल र अमेरिकाबीच त्रिकोणात्मक ओडिआई सिरिज भएको थियो ।

    नेपाल आइसिसी विश्वकप लिग–२ मा ८ खेलमा ४ मा जित र ४ मा हार सहित छैटौं स्थानमा छ। २०२३ सम्म चल्ने विश्वकप लिग–२ का शीर्ष तीन टोलीले सोझैं त्यसै वर्ष हुने एकदिवसिय विश्वकप छनोटमा स्थान बनाउने छन् । बाँकी चार टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ।

     

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology