काठमाडौं, फागुन १९ । सत्ता गठबन्धनको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक सकिएको छ । मिलिनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० संसदबाट अनुमोदनपछि बसेको पहिलो गठबन्धनको बैठक मूलतः एमसीसी कार्यान्वयनको विषयमा छलफल भएको हो । चार दलको बैठकमा एमसीसी अनुमोदनका लागि सहमति जुटेकोमा प्रधानमन्त्रीले सबैलाई धन्यवाद व्यक्त गरे।
विकसित राजनीतिक परिस्थितिमा सरकार, गठबन्धनको भूमिकाको विषयमा छलफल केन्द्रीत भयो। सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बताए। खासगरी, एमसीसी परियोजना पाँच वर्षभित्र कार्यान्वयन हुन नसके सहयोग फिर्ता जाने बताउदैं मन्त्री कार्कीले यसलाई समयमा नै सम्पन्न गर्ने विषयमा छलफल भएको पनि बताए।
सार्वभौम संसदमा अवरोध छ, जेठ १५ मा बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ, हवाई उड्डयन जस्ता विधेयकहरु छन्, संसद सञ्चालन एवम् राष्ट्रिय समस्याका विषयमा छलफल केन्द्रीत भएको उनको भनाइ छ । बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीलगायतका शीर्ष नेताहरुको उपस्थिति रहेको थियो ।




