काठमाडौँ, फागुन १९ । राष्ट्रपति विद्यादेवी भण्डारीले विविधताबीचको एकता नै नेपालको विशिष्ट पहिचान भएको बताएकी छिन्।
हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायको विशेष पर्व ग्याल्बो ल्होसारको अवसरमा शुभकामना दिदैं उनले भनेकी lछन्, “नेपालको यही विशिष्ट पहिचानले हाम्रो राष्ट्रिय सामथ्र्यलाई अझ बलियो बनाउन मद्दत गरिरहेको छ। हाम्रो देश नेपाल जसरी भौगोलिक र प्राकृतिक रूपमा विविधतायुक्त रहेको छ । त्यसैगरी सामाजिक र सांस्कृतिक विविधतालेसमेत सुसज्जित छ।”
राष्ट्रपतिले यस्ता पर्वहरूको माध्यमबाट नेपालीबीच आपसी एकता, सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुन गई बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न सघाउ पुग्ने विश्वास व्यक्त गरेकी छिन्।




