Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

‘लप्पन छप्पन २’ को शिर्ष गीत ( भीडीयो सहित )

‘लप्पन छप्पन २’ को शिर्ष गीत ( भीडीयो सहित )

images
  • 955
    SHARES
  • ‘लप्पन छप्पन २’ को शिर्ष गीत ( भीडीयो सहित )
    images
    यही शुक्रवारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘लप्पन छप्पन २’ को शिर्ष गीत सार्वजनिक भएको छ । बुलेट फ्लो र अशोक बस्नेतको स्वर रहेको गीतमा सुरज विक्रम थापाको शब्द तथा संगीत छ । कागजको टुक्राका लागि मानिसहरुले गर्ने दौडधुप र गलत कामलाई गीतमार्फत् व्यक्त गरिएको छ । लिरिकल गीतको भिडियोमा फिल्मभित्रका केही अचल दृश्यहरु समावेश छन् ।
     
    एक्सन जनरामा निर्माण भएको फिल्ममा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुप विक्रम शाही, शक्ति श्रेष्ठ, प्रकाश कुँवर, विशाल पहारी, दीपक क्षेत्री, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्ट, केरोलिन कोलिन्डा लगायतका कलाकारहरुको अभिनय रहेको छ । मुकुन्द भट्टको निर्देशनमा बनेको फिल्ममा नरेश योगीको कोरियोग्राफी र सिमसोन तामाङको द्वन्द्व निर्देशन रहेको छ ।
     
    गोल्डेन हिल्स पिक्चर्स, रोयल कुँवर इन्टरटेनमेन्ट, इपी एजुकेशन अस्ट्रेलिया, उमी ग्रुप युरोप र म्याक मिडियाको ब्यानरमा निर्माण भएको फिल्मको कार्यकारी निर्मातामा सुरज अधिकारी र प्रजापति सिवाकोटी छन् । चिजकुमार श्रेष्ठ, प्रकाश कुँवर, निर्मल कुमार मिश्र र सन्तोष चन्द्र भक्रेल निर्माता रहेको ‘लप्पन छप्पन २’ लाई पुरुषोत्तम प्रधानले खिचेका हुन् भने मिलन श्रेष्ठको सम्पादन छ ।
     
     
     

    images

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology