काठमाडौं, फागुन १८ । पछिल्लो २४ घण्टामा १२७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार चार हजार ६७२ जनाको पीसीआर परीक्षण गर्दा १२३ जनामा र दुई हजार २०२ जनाको एन्टिजेन परीक्षण गर्दा चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार छ हजार ८७४ जनामा परीक्षण गर्दा पीसीआर र एन्टिजेन गरेर १२७ जनामा सङ्क्रमण पुष्टि भएको छ। सोही अवधिमा ३२१ जना सङ्क्रमणमुक्त भएका छन्। सङ्क्रमण मुक्त हुने दर ९७.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार २४ घण्टामा तीन जनाको मृत्यु भएको छ। योसँगै मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९४१ पुगेको छ । पछिल्लो २४ घण्टामा मुलुकमा तीन लाख पाँच हजार ७८८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। त्यस्तै नेपालमा हाल सात हजार ७७०जना सक्रिय सङ्क्रमित रहेका छन्।




