Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

सभामुख सचिवाले दियो एमालेलाई आरोप पुष्टि गर्न चुनौती

सभामुख सचिवाले दियो एमालेलाई आरोप पुष्टि गर्न चुनौती

images
  • समाचार
  • फाल्गुण १८, २०७८ बुधवार १५:१५ बजे
  • 952
    SHARES
  • सभामुख सचिवाले दियो एमालेलाई आरोप पुष्टि गर्न चुनौती
    images

    काठमाडौं, फागुन १८ ।  प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० ले सभामुख अग्निप्रसाद सापकोटाको नाम जोडेर भ्रम सृजना गर्ने र अफवाह फैलाउन खोजिएको भन्दै सभामुखको सचिवालयले खण्डन गरेको छ। 

    अमेरिकी सहयोग परियोजना ९एमसिसी० सभामुखले टेबल गरेपछि देशको जिम्मेवार राजनीतिक दलको लेटरहेडमा सभामुखले बोल्दै नबोलेको विषयमा काल्पनिक कथ्य बनाई सोही विषयलाई जोडेर गलत भाष्य निर्माण गर्न खोजिएको सचिवालयले उल्लेख गरेको छ।

    एमालेले हिजो मंगलबार पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको लिखित प्रेस वक्तव्यमा सभामुखले कुनै समय एमसिसीसम्बन्धी प्रस्ताव टेबल गर्नुपरेमा आत्महत्या गर्छु भन्नेजस्ता आवेगपूर्ण अभिव्यक्ति दिनुभयो। भन्ने वाक्यांश उल्लेख छ। 
    सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘लोकतन्त्र र संवैधानिक सर्वोच्चताको पक्षमा उभिनु भएका सभामुखलाई जोडेर गरिएको प्रचार राजनैतिक पूर्वाग्रहबाट प्रेरित देखिन्छ।’

    नेपालको संविधान, प्रतिनिधि सभा नियमावली र कानूनले तोकेको परिधिभित्र रहेर संवैधानिक दायित्व र जिम्मेवारी निर्वाह गर्दै आएका सभामुखविरुद्ध कपोलकल्पित एवं भ्रमपूर्ण विषयको उठान र दुस्प्रचार खेदजनक भएको उल्लेख गरिएको छ। विज्ञप्तिमा सभामुखले बोलेको भनेर प्रचार गरिएको विषय पुष्टि गर्न पनि ध्यानाकार्ष गराइएको छ।

    राजनैतिक अभीष्ट पूरा गर्न अमर्यादित एवं अशोभनीय तवरले सिर्जना गर्न खोजिएको भन्दै भ्रममा नपर्न सचिवालयले सबैमा अनुरोध गरेको छ।

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology