Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

म्यानचेस्टर सिटी एफए कप फुटबलको क्वार्टरफाइनलमा

म्यानचेस्टर सिटी एफए कप फुटबलको क्वार्टरफाइनलमा

images
  • समाचार
  • फाल्गुण १८, २०७८ बुधवार १३:०४ बजे
  • 1.4K
    SHARES
  • म्यानचेस्टर सिटी एफए कप फुटबलको क्वार्टरफाइनलमा
    images

    काठमाडौँ, फाल्गुन १८ । म्यानचेस्टर सिटी एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा सिटीले च्याम्पियनसिप टोली पिटरर्सब्रग युनाइटेडलाई २–० गोलले हरायो ।

    दुबै गोल दोस्रो हाफमा सम्भव भएको खेलमा सिटीलाई जिताउन रियाद महारेज र ज्याक ग्रेलिसले गोल गरे। बलियो सिटीलाई पहिलो हाफमा रोकेको पिटरर्सब्रग दोस्रो हाफमा कमजोर बन्यो। ६०औँ मिनेटमा रियाद फिल फोडेनको पासमा गोल गरेका थिए। ६७औँ मिनेटमा ज्याक ग्रेलिसले फोडेनकै पासमा गोल गर्दै सिटीलाई जिताए। अर्को खेलमा प्रिमियर लिग टोली टोट्टनहाम च्याम्पियनसिप क्लब मिडल्सब्रगसँग १–० गोलले पराजित भएको छ। हारसँगै टोट्टनहाम एफए कपबाट बाहिरिएको छ।

    प्रतिस्पर्धात्मक खेलमा मिडल्सब्रगलाई जिताउन जोस कोवर्नले १०७औँ मिनेटमा निर्णायक गोल गरे। अर्को खेलमा क्रिस्टल प्यालेसले स्टोक सिटीलाई २–१ गोलले हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएको छ। क्रिस्टल प्यालेसको जितमा चेकइहोउ कोउयाटले ५३औँ र जाइरो राइडवाल्डले ८२औं मिनेटमा गोल गरे । स्टोकका जोस टेमोनको ५८औँ मिनेटको गोल सान्त्वना बन्यो।

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology