विवेकशील साझाका उज्वल थापा बारे अस्पतालले ‘स्टेटमेन्ट’ जारी गर्दै
कोरोना संक्रमणपछि गम्भीर बिरामी भएका विवेकशील साझाका नेता उज्वल थापाको परिवारका सदस्यलाई अस्पतालमा बोलाइएको छ । पछिल्लो अवस्थाबारे अस्पतालले बिवरण सार्वजनिक गर्दैछ । साथै राजधानीको मेडिसिटी अस्पतालको भेन्टिलेटरमा उपचार गराइरहेका थापाको स्वास्थ्य अवस्था गम्भीर रहेको बताइँदै आएकोछ । कोरोना संक्रमणपछि सुरुमा ह्याम्स र ग्राण्डी अस्पतालमा उपचार भएको थियो भने पछिल्लो दिनमा उनको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।
अस्पतालले उनको अवस्थाबारे आधिकारिक जानकारी नदिएको भए पनि थापालाई भेन्टिलेटरबाट निकालिएको बताइ एको छ ।




