Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

एकदिवसीय क्रिकेटको कप्तानी सन्दिपले नै गर्ने

एकदिवसीय क्रिकेटको कप्तानी सन्दिपले नै गर्ने

images
  • खेलकुद
  • फाल्गुण १८, २०७८ बुधवार १२:१८ बजे
  • 778
    SHARES
  • एकदिवसीय क्रिकेटको  कप्तानी सन्दिपले नै गर्ने
    images

    काठमाडौं, फागुन १८ । नेपाली क्रिकेट टोलीको ओडिआई कप्तान पनि लेगस्पिनर सन्दीप लामिछाने रहने पक्का भएको छ । 

    तीन महिना अघि नेपाल क्रिकेट संघ (क्यान)ले ज्ञानेन्द्र मल्ललाई अनुशासनको कारण देखाउँदै कारवाहीसँगै कप्तानबाट पदमुक्त गर्दा सन्दीप कप्तानमा नियुक्त भएका थिए । सन्दिपको कप्तानीमा नेपालले यसै महिना ओमानमा चार देश सम्मिलित टि२० आई सिरिज र आइसिसी टि० विश्वकप छनोट ए खेलेको थियो । नेपाल दुई सातापछि युएईमा हुने आइसिसी विश्वकप लिग–२ अन्तर्गत युएई र पपुवा न्युगिनीसँग ओडिआई त्रिकोणात्मक सिरिज खेल्दैछ । उक्त सिरिज अघि नेपाली टोली बिहीबार अभ्यासको लागि श्रीलंकामा चार अभ्यास खेल खेल्नेछ ।

    ओडिआईको कप्तानी पनि सन्दीपले नै गर्ने कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले जानकारी दिए । नेपालले २० सदस्य टोली बन्द प्रशिक्षणमा बोलाएको थियो । १६ सदस्य टोलीले श्रीलंका हुँदै युएई भ्रमण गर्नेछन् । सन्दीप ओडिआईमा कप्तानी गर्ने नेपालबाट पारस खड्का र ज्ञानेन्द्र मल्लपछि तेस्रो खेलाडी बन्नेछन् । नेपालले उपकप्तान भने सार्वजनिक गरेको छैन ।

    अनुसाशनकै कारण उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई पदमुक्त गरेको थियो। त्यसपछि उपकप्तानको जिम्मेवारी कसैलाई तोकेको छैन।

     

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology