काठमाडौं, फागुन १८ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीमा १४ जना केन्द्रीय सदस्य मनोनीत गरेका छन्।
राप्रपा महाधिवेशनमा महामन्त्रीमा पराजित भएकी रेखा थापा पनि केन्द्रीय सदस्यमा मनोनीत भएकी छन्। त्यस्तै राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार, मनोनीत हुनेहरूमा रेखा थापा सहित लिलादेवी श्रेष्ठ, विन्दु पौडेल, प्रेक्षा मल्ल, मीना झा, सन्तोषी शाही ठकुरी, स्वाती थापा, पुष्पा रजौरिया, लक्ष्मी तण्डुकार, समृद्धि राणा, मीना न्यौपाने, शान्ति माया गुरुङ, जयाकुमारी महतो र सावित्रा थापा छन् ।
राप्रपाको आज पदाधिकारी तथा केन्द्रीय समिति बैठक पनि छ। स्थानीय चुनाव तयारी लगायत विभिन्न समसामयिक विषयमाथि छलफल गर्न राप्रपाले केन्द्रीय समिति बैठक राखेको हो।




