Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

एक्लै चुनाव लड्न एमाले तयार छ: केपि ओली

एक्लै चुनाव लड्न एमाले तयार छ: केपि ओली

images
  • समाचार
  • फाल्गुण १७, २०७८ मंगलवार १८:३८ बजे
  • 1.1K
    SHARES
  • एक्लै चुनाव लड्न एमाले तयार छ: केपि ओली
    images

    काठमाडौं, फागुन १७ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले पार्टी एक्लै चुनाव लडेर जित्न तयार रहेको बताएका छ। मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्।

    सत्ता गठबन्धनका दल आगामी चुनावमा तालमेल गरेर अगाडि बढ्ने चर्चा चलिरहेका बेला ओलीले यस्तो बताएको हो। अध्यक्ष ओलीले स्थानीय वा जुनसुकै चुनावको परिणाम हेर्न चेतावनी दिएका छन्।

    ‘पाँच वटा होइन जतिवटा दल मिलेर आए पनि हुन्छ’, अध्यक्ष ओलीले भने, ‘एक्लै चुनाव लड्न र जित्न एमाले तयार छ। स्थानीय तह वा जुनसुकै चुनाव भए पनि परिणाम हेर्नुहोस्।’

    ओलीले पार्टी कृत्रिम ढंगले अगाडि बढ्ने कुराको विरोधमा रहेको बताए। ‘यो जनादेशमा होइन, आदेशमा बनेको सरकार हो’, उनले भने, ‘ताजा जनादेशमा जाने कुरालाई अस्वीकार गरेर कृत्रिम तरिकाले अगाडि बढ्ने कुराको विरुद्धमा एमाले छ।’

    अनुशासन नभएका दललाई संसदमा राख्ने कुरा संसदीय व्यवस्थामा स्वीकार्य नहुने उनको भनाइ छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’तर्फ लक्षित गर्दै ओलीले भावनात्मक रुपले लोकतन्त्र स्वीकार गर्न नसकेको आरोप लगाए। संविधानको रक्षा गर्नुपर्ने ठाउँमा असंवैधानिक क्रियाकलाप भएको उनको भनाइ छ।

     

     

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology