वन मन्त्री आलेको पहलमा जलेर गम्भीर घाइते भएकी महिलाको उद्धार
वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेको पहल तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गृहसचिव महेश्वर न्यौपानेको समन्वयमा आगलागीबाट जलेकी डोटीको आदर्श गाउँपालिका–४ रोडिङ्गे गाउँ बस्ने २८ वर्षीया लक्ष्मी भाटको थप उपचारका लागि हेलिकोप्टरमा काठमाडौ ल्याइएको छ । 
प्रज्वलनशील पदार्थ छर्केर अज्ञात व्यक्तिले यही जेठ १२ गते राति आफ्नै घरमा सुतिरहेका बेला आगो लगाउँदा उनी जलेर गम्भीर घाइते भएकी थिइन् । डोटीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि उनी लाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ ल्याइ कीर्तिपुरस्थित वर्न अस्पतलामा उपचार शुरु भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफै पुगेर मन्त्री आलेले उपचारका लागि रु २५ हजार सहयोग प्रदान गरेका छन्
घाइते लक्ष्मीका श्रीमान सन्तोष भाट घटनालगत्तै फरार रहेकाले श्रीमानले नै घटना गराएको हुनसक्ने अनुमान गरिएको छ।




