काठमाडौं, १८ जेठ । प्रतिनिधिसभा विघटनको मुद्दा हेरिरहेको संवैधानिक इजलास पुनगर्ठन हुने भएको छ ।प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्न सहमत भएका छन् । मंगलबार प्रधानन्यायाधीश जबरा र सर्वोच्च अदालत बार एशोसिएसनका पदाधिकारीहरुबीच छलफल भएको थियो । रिट दिने निवेदकका कानून व्यवसायीले संवैधानिक इजलासमा रहेका न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठमाथि प्रश्न उठाएपछि नियम मै परिर्वतन गरेर वरिष्ठताका आधारमा बेञ्च गठन गर्ने व्यवस्था गर्न प्रधानन्यायाधीश जबरा सहमत भएका हुन् । यसरी गर्दा स्वास्थ्यका कारण बस्न नसक्ने वा कन्फ्लिक्ट अफ इन्ट्रेस्ट भयो भने कारणसहित नबस्ने नोटिस गरेपछि त्यसभन्दा तल्ला वरिष्ठतामा जो छ, उसलाई राखेर बेञ्च गठन गरीने भएको छ ।’
संवैधानिक इजलासको नियममै आवश्यकता अनुसार परिर्वतन गरी वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्न एक साताभित्रै संशोधन प्रस्ताव ल्याउने र त्यसपछि मात्र संवैधानिक विवाद अगाडि बढाइनेछ ।




