Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

संसद्‍ बैठक निर्धारित समयमा बस्न सकेन, दलहरु आन्तरिक छलफलमा ब्यस्त

संसद्‍ बैठक निर्धारित समयमा बस्न सकेन, दलहरु आन्तरिक छलफलमा ब्यस्त

images
  • समाचार
  • फाल्गुण १५, २०७८ आइतवार १४:१३ बजे
  • 1.1K
    SHARES
  • images

    काठमाडौँ, फागुन १५ । आइतबार दिउँसो १ बजेका लागि  तोकिएको प्रतिनिधिसभाको बैठक निर्धारित समय भन्दा ढिला भएको छ । सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेका अनुसार बैठक एक घण्टाका लागि सारिएको छ ।

    दिउँसो १ बजेका लागि तोकिएको बैठक २ बजेका लागि सारिएको हो । सभामुख अग्निप्रसाद सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार दलहरु आन्तरिक छलफलमा व्यस्त हुँदा दिउँसो साढे १ बजेसम्म कार्यव्यवस्था समिति बैठक बस्न सकेको छैन । अमेरिकी विकास सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी माथि छलफल हुने सम्भावित कार्यसूची यसअघि नै सार्वजनिक भएको थियो ।

    सत्ता गठबन्धनमा सहभागी दलले एमसीसीको अनुमोदनका लागि व्याख्यात्मक प्रस्तावमा सहमति जनाएपछि त्यसको तयारीमा भइराखेको छ । सत्ता गठबन्धनका सबै दल छलफलमा व्यस्त हुँदा बैठक ढिला हुने भएको हो ।

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology