Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

एमबाप्पे चम्किएपछि फ्रेन्च लिग वान फुटबलमा पीएसजीको जित

एमबाप्पे चम्किएपछि फ्रेन्च लिग वान फुटबलमा पीएसजीको जित

images
  • खेलकुद
  • फाल्गुण १५, २०७८ आइतवार १२:२७ बजे
  • 754
    SHARES
  • images

    काठमाडौँ, फाल्गुन १५ । युवा स्टार केलियन एमबाप्पे चम्किएपछि पेरिस सेन्ट जर्मेन पीएसजीले फ्रेन्च लिग वान फुटबलमा जित निकालेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा पीएसजीले सेन्ट इटिनेलाई ३–१ गोलले हरायो ।

    पीएसजीको जितमा एमबाप्पेले दुई तथा डानिलो पेरेइराले एक गोल गरे । सेन्ट इटिएनका डेनिस वोउएन्गाको सुरुवाती गोल सान्त्वना बन्यो । १६औँ मिनेटमा डेनिसले गोल गर्दै सेन्ट इटिनेलाई अग्रता दिलाए भने त्यसपछि ४२औँ मिनेटमा एमबाप्पेले लियोनल मेस्सीको पासमा गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

    ४७औँ मिनेटमा मेस्सीकै पासमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई अग्रता दिलाए । ५२औँ मिनेटमा डानिलो पेरेइराले गोल गर्दै पिएसजीलाई सानदार जित दिलाउनुभयो । जितसँगै पीएसजीले शीर्षस्थानमा १६ अंकको अग्रता बनाएको छ ।

    images
  • सम्बन्धित विषय:

  • # ambape

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology