Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

ए डिभिजन लिगको अन्तिम खेल आज

ए डिभिजन लिगको अन्तिम खेल आज

images
  • खेलकुद
  • फाल्गुण १४, २०७८ शनिवार १२:५७ बजे
  • 658
    SHARES
  • images

    काठमाडौं, फागुन १४ । राजधानीमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग राष्ट्रिय फुटबल प्रतियोगिता आज सकिदैछ। । 

    लिगको अन्तिम दिन आज तीन वटा खेल हुँदैछन् । न्युरोड टिम एनआरटी र नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी र मनाङ मर्स्याङ्दी तथा मच्छिन्द्र फुटबल क्लब र एपीएफ क्लब खेल्दैछन् ।  त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दिउँसो एक बजे आर्मी र मनाङ तथा बेलुका साढे चार बजे मच्छिन्द्र र एपीएफ खेल्दैछन् । आर्मी १२ खेलमा २२ अङ्क जोडेर अङ्कतालिकाको दोस्रो स्थानमा छ । समान खेलमा मनाङ २० अङ्कसहित पाँचौँ स्थानमा छ । त्यस्तै मच्छिन्द्र १२ खेलमा ३२ अङ्कसहित शीर्ष स्थानमा छ । समान खेलमा १५ अङ्क जोडेको एपीएफ आठौँ स्थानमा छ ।

    त्यस्तै एनआरटी र पुलिसको खेल एन्फा मैदान सातदोबाटोमा अहिले एक बजे सुरु हुनेछ । एनआरटी १२ खेलमा २० अङ्कसहित चौथो र समान खेलमा पुलिस १२ अङ्कका साथ एघारौँ स्थानमा छ । १३औँ तथा अन्तिम चरणको आजका खेलसँगै लिग सकिनेछ । लिगको विजेता र रेलिगेसनमा पर्ने दुई टोलीको टुङ्गो भने यसअघि नै लागिसकेको छ ।

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology