Logo

बिहिवार, आश्विन ८ गते २०८३

ताजा अपडेट :

‘लाखे’ टिमको मुस्ताङमा शूटिंग

‘लाखे’ टिमको मुस्ताङमा शूटिंग

images
  • 586
    SHARES
  • ‘लाखे’ टिमको मुस्ताङमा शूटिंग
    images
     ‘लाखे’ को टिम क्लाइमेक्स खिच्न मुस्ताङ पुगेको छ । मुस्ताङको कागबेनीलगायत विभिन्न मनोरम दृश्य समेटिने गरी फिल्मको क्लाइमेक्स छायांकन भइरहेको कार्यकारी निर्माता हरि मल्ल ठकुरीले बताए । उनले भने, ‘फिल्मको क्लाइमेक्स कसैले नसोचेको विषेश छ । त्यसैले पनि हामीले मुस्ताङ रोजेका हौं ।’
     
    सौगात मल्ल, अनुप विक्रम शाही, आर्यन अधिकारी, सुशील सिटौला, रोहित रुम्बालगायतका कलाकार क्लाइमेक्स छायांकनका लागि मुस्ताङ पुगिसकेका छन् भने अभिनेत्री बर्षा राउत, अर्पण थापा, प्रशान्त ताम्रकारलगायत केही दिनमा जानेछन् । सम्राट बस्नेतको निर्देशन रहेको फिल्मको मुस्ताङमा क्लाइमेक्स सकाएर फेरि काठमाडौँमा केही दिन छायांकन हुने जानकारी प्राप्त छ ।
     
    ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टर तथा औरियन प्रोडक्सनको ब्यानरमा निर्माण भइरहेको फिल्मका निर्माता सिजन अर्याल हुन् । कथा समेत निर्माता अर्यालकै हो । फिल्मको गणेश मल्ल ठकुरी (जिएम) प्रस्तुतकर्ता र हरि मल्ल ठकुरी कार्यकारी निर्माता छन् । फिल्मको नाम ‘लाखे’ भए पनि लाखे नाच परम्परामाथि फिल्म पूरै नसमेटिएको निर्देशक सम्राट बस्नेतले जानकारी दिएका छन् ।

    images
  • सम्बन्धित विषय:

  • # #digitalnepal

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology