Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा किरण पौडेल

राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा किरण पौडेल

images
  • समाचार
  • जेठ १७, २०७८ सोमवार २०:३९ बजे
  • 4.6K
    SHARES
  • images

    काठमाडौं । सोमबार बसेको सचिवालयको भर्चुअल बैठकपछि नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा किरण पौडेल चयन भएका छन् । पौडेल यसअघि युवा संघको सहअध्यक्ष थिए ।

    नेकपा विभाजनपछि राष्ट्रिय युवासंघको अध्यक्ष भएका वचनबहादुर सिंह आइतबारदेखि ४१ वर्ष उमेर पुगेकाले उनकै प्रस्तावमा पौडेललाई अध्यक्ष बनाइएको हो । सम्मेलन गरेर विधान संशोधन नहुन्जेल संगठन को नाम पनि “राष्ट्रिय युवासंघ” नै रहनेछ र किरण पौडेल नै अध्यक्ष रहने छन् ।एमाले-माओवादी एकतापछि वाइसिएल र युवा संघ नेपालको एकीकरण भएर राष्ट्रिय युवा संघ बनेको थियो ।

    राष्ट्रिय युवा संघको सचिवालयको भर्चुअल बैठकलाई प्रधानमन्त्री /एमाले अध्यक्ष केपी शर्मा ओली, युवा संघ इन्चार्ज महेश बस्नेत लगायतले सम्बोधन गरेका थिए ।

    kiran 2.jpg

     

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology