Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

प्रधानमन्त्री देउवा र ओलीबीच बालकोटमा छलफल जारी

प्रधानमन्त्री देउवा र ओलीबीच बालकोटमा छलफल जारी

images
  • समाचार
  • फाल्गुण १३, २०७८ शुक्रवार १९:४७ बजे
  • 403
    SHARES
  • प्रधानमन्त्री देउवा र ओलीबीच बालकोटमा छलफल जारी
    images

    काठमाडौं, फागुन १३। प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा (एमाले) अध्यक्ष केपी ओली निवास बालकोट पुग्नुभएको छ।

    सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीसहित प्रधानमन्त्री देउवा बालकोट पुग्नु भएको हो। काँग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापासहित प्रधानमन्त्री देउवा बालकोट पुग्नु भएको प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिनुभयो।

    शुक्रबारको प्रतिनिधिसभाको बैठक स्थगित भएपछि प्रधानमन्त्री देउवा प्रतिपक्षी दल र गठबन्धनका नेतासँग छलफलमा व्यस्त हुनुहुन्छ। मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना संसदबाट पास गर्ने विषयमा प्रधानमन्त्रीले छलफल केन्द्रित गर्नुभएको छ। एमसीसी पास गरेर गठबन्धन जोगाउने प्रयासमा शुक्रबार दिनभर प्रधानमन्त्री छलफलमा सहभागी हुनुभएको हो।

    शुक्रबार प्रधानमन्त्री देउवासँग नेकपा (माअ‍ोवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि छलफल गर्नुभएको छ। दिउँसो बालुवाटारमा प्रचण्ड र नेपालले प्रधानमन्त्रीसँग छलफल गर्नुभएको हो।

     

     

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology