काठमाडौं, फागुन १३ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अधयक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा छलफल सुरु भएको छ ।
प्रधानमन्त्री देउवाका प्रेस प्रमुख गोविन्द परियारले प्रधानमन्त्री र अध्यक्ष प्रचण्डबीच छलफल जारी रहेको जानकारी दिए । यस अघि नकपा (एस)का अध्यक्ष माधवकुमार नेपाल र प्रचण्डबीच सिंहदरवारमा भेट भएकाे थियाे ।




