Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

२४ घण्टामा २७५ जनामा कोरोना सङ्क्रमण पुष्टि, एकको मृत्यु

२४ घण्टामा २७५ जनामा कोरोना सङ्क्रमण पुष्टि, एकको मृत्यु

images
  • समाचार
  • फाल्गुण १३, २०७८ शुक्रवार १५:४६ बजे
  • 310
    SHARES
  • images

    काठमाडौं, फागुन १३ । पछिल्लो २४ घण्टामा २७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

    पाँच हजार ४५२ जनाको पीसीआर परीक्षण गर्दा १५८ जनामा र  तीन हजार १७८ जनाको एन्टिजेन परीक्षण गर्दा ११७ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
    मन्त्रालयका अनुसार कुल आठ हजार ६२६ जनामा परीक्षण गर्दा पीसीआर र एन्टीजेन गरेर २७५ जनामा सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा ५५५ जना सङ्क्रमणमुक्त भएका छन् ।

    मन्त्रालयका अनुसार २४ घण्टामा एक जनाको मृत्यु भएको छ । योसँगै मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९३२ पुगेको छ ।
    पछिल्लो २४ घण्टामा मुलुकमा एक लाख २२ हजार ४९३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । त्यस्तै नेपालमा हाल नौ हजार २८० जना सक्रिय सङ्क्रमित छन् ।

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology