काठमाडौं, फागुन १२ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएकाे छलफल सम्पन्न भएकाे छ ।
अमेरिकी सहयोग परियोजना च्यालेन्ज (एमसीसी)बारे सत्तारुढ दलका शीर्ष नेताहरुबीच छलफल सकेर अध्यक्ष प्रचण्ड प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका थिए । अध्यक्ष प्रचण्डका प्रेस संयोजक सूर्य किरणले अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री देउवाबीच भेटवार्ता भएको जानकारी दिए पनि उहाँहरुबीच के छलफल भयो त्यो बाहिर आएको छैन ।
यसअघि नेकपा (एकीकृत समाजवादी)को संसदीय दलको कार्यालय सिंहदरबारमा नेकपा माओवादीका अध्यक्ष प्रचण्ड, नेताद्वय देव गुरुङ र नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनालबीच एमसीसीका विषयमा छलफल भएको थियो । आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठकमा एमसीसीबारे छलफल हुने कार्यसूची छ ।




