Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

नेपाल टी–२० विश्वकपमा छनोट हुन सकेन

नेपाल टी–२० विश्वकपमा छनोट हुन सकेन

images
  • समाचार
  • फाल्गुण १०, २०७८ मंगलवार १९:०१ बजे
  • 391
    SHARES
  • नेपाल टी–२० विश्वकपमा छनोट हुन सकेन
    images

    काठमाडौं, १० फागुन । नेपाल टी–२० विश्वकपमा छनोट हुन असफल भएको छ । ८ वर्षपछि पुनः विश्वकपमा पुग्ने सपना  युएईसँग ६८ रनले पराजित भएसँगै टुटेको छ ।

    ओमानको मस्कटस्थित अल अमेरात रंगशालामा मंगलबार युएईविरुद्ध नेपालले बलिङ र ब्याटिङ दुवैमा अपेक्षाकृत प्रदर्शन गर्न सकेन ।

    युएईविरुद्ध १७६ रनको लक्ष्य पछ्याएको नेपालले १८.४ ओभरमा सबै विकेट गुमाएर १०७ रनमात्र बनाउन सक्यो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ३८, ज्ञानेन्द्र मल्लले २० र आरिफ शेखले ११ रन जोड्नुबाहेक अरु ब्याट्सम्यानले दोहोरो अंक बनाउन सकेनन् ।

     

     

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology