काठमाडौँ, फाल्गुन १०। आईसीसी टी–२० विश्वकप ग्लोबल छनोटको सेमिफाइनल खेलमा यूएईले नेपाललाई एक सय ७६ रनको विजय लक्ष्य दिएको छ । ओमानस्थित अल अमेरत क्रिकेट मैदानमा भएको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गरेको थियो भने यूएईले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ७५ रन बनाएको छ । यूएईका लागि ओपनर मोहमद वासिमले सर्वाधिक ७० रन बनाए।
३८ बलको सामना गरेका वासिमले चार चौका र चार छक्का हानेका थिए । त्यसैगरि वृत्य अरविन्दले २३ बलको सामना गर्दै पाँच चौका र तीन छक्काको मद्दतले ४६ रन बनाए। ओपनर चिराग सुरी चार रनमा पेभेलियन फर्किए भने मोहमद उसमानले १७ र वानार फ्रेदले अविजित ११ रन बनाए ।
बलिङमा नेपालका जितेन्द्र मुखिया र अविनास बोहोराले तीन तीन विकेट लिए भने कप्तान सन्दीप लामिछाने एक विकेट लिए ।




