Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

एमसीसी संसदमा पेश गरिएको विरुद्ध परेको रिट सर्वोच्चद्वारा दरपिठ

एमसीसी संसदमा पेश गरिएको विरुद्ध परेको रिट सर्वोच्चद्वारा दरपिठ

images
  • समाचार
  • फाल्गुण १०, २०७८ मंगलवार १४:१८ बजे
  • 538
    SHARES
  • एमसीसी संसदमा पेश गरिएको विरुद्ध परेको रिट सर्वोच्चद्वारा दरपिठ
    images

    काठमाडौं, फागुन १० । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा पेश गरेको विरुद्ध परेको रिट सर्वोच्च अदालतले दरपिठ गरिदिएको छ ।

    मंगलबार सर्वोच्च अदालत प्रशासनले एमसीसी संसदमा पेश गरेको विरुद्ध परेको रिट दरपिठ गरिदिएको सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिनुभयो ।

    एमसीसी सम्झौता सन्धि ऐन अनुसार संसद्मा पेश गर्न नमिल्ने जिकिर गर्दै अधिवक्ता सुरेन्द्र भण्डारीले अन्तरिम आदेश माग गर्दै सर्वोच्चमा रिट दर्ता गरेका थिए ।

    सूचना अधिकारी ढकालका अनुसार अब दरपिठ उपर ७३ नम्बर बमोजिम अधिवक्ता भण्डारी इजलासमा जान पाउनुहुन्छ ।

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology