Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

स्थानीय तहको कार्यकाल सम्बन्धी रिटमा आज सुनुवाइ हुँदै

स्थानीय तहको कार्यकाल सम्बन्धी रिटमा आज सुनुवाइ हुँदै

images
  • समाचार
  • फाल्गुण १०, २०७८ मंगलवार १२:०६ बजे
  • 634
    SHARES
  • images

    काठमाडौं, फागुन १०। आगामी  बैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्दा विगतमा तेस्राे चरणका निर्वाचनबाट निर्वाचित पदाधिकारीहरूको कार्यकाल संविधानले ताेके अनुसार पाँच वर्ष नपुग्ने भन्दै निर्वाचनकाे मिति घोषणाविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको रिटमाथि आज सुनुवाइ हुँदै छ ।

    महोत्तरीको भँगाहा नगरपालिकाका मेयर सञ्जिवकुमार साहले स्थानीय तहको निर्वाचनको मिति घोषणा विरुद्ध दायर गरेको रिटमा मंगलबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एक इलासमा पेशी तोकिएको हो ।

    सर्वोच्च प्रशासनले सुरुमा मेयर साहको रिट दर्ता गर्न अस्वीकार (दरपिठ) गरेको थियो । तर, फागुन ४ गते न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले स्थानीय तह निर्वाचनको मिति घोषणाविरुद्ध रिट दर्ता गर्न आदेश दिएको थियो ।

    साह वैशाख ३० गते निर्वाचन गर्दा पाँच वर्षे कार्यकाल पूरा नहुने भन्दै सर्वोच्चमा रिट दर्ता गरेका थिए ।

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology