काठमाडौँ, फाल्गुन ९। नेपाल आइसिसी टी-२० विश्वकप छनोटको सेमिफाइनलमा पुगेको छ। नेपालले क्यानडालाई ८ विकेटले हराउॅदै समूह-१ को विजेता भन्दै अन्तिम चारमा पुगेको हो।
अब नेपालले सेमिफाइनलमा भोलि युएईसँग प्रतिस्पर्धा गर्नेछ। युएई सोमबार नै समूह-२ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको थियो।
अब सेमिफाइनलमा युएईलाई पराजित गर्न सके नेपालले आगामी अक्टोबरमा अस्ट्रेलियामा हुने टी-२० विश्वकपमा स्थान पक्का गर्नेछ। नेपालले पछिल्लो पटक सन् २०१४ मा टी-२० विश्वकप खेलेको थियो।




