Logo

आइतवार, श्रावण १० गते २०८३

ताजा अपडेट :

टी-२० विश्वकप ग्लोबल क्वालिफायरमा नेपालले आज क्यानडासँग खेल्दै

टी-२० विश्वकप ग्लोबल क्वालिफायरमा नेपालले आज क्यानडासँग खेल्दै

images
  • खेलकुद
  • फाल्गुण ९, २०७८ सोमवार ०९:०७ बजे
  • 403
    SHARES
  • images

    ९ फागुन, काठमाडौं । ओमानमा जारी आईसीसी टी-२० विश्वकप ग्लोबल क्वालिफायर ए अन्तर्गत नेपालले आज समूह चरणको अन्तिम खेलमा क्यानडाको सामना गर्दैछ। 

     

    खेल मस्कटस्थित अल अमरेत क्रिकेट मैदानमा नेपाली सयम अनुसार अपराह्न ३:४५ बजे सुरु हुनेछ । यसअघि दुई खेल जितिसकेको नेपालले क्यानडालाई पराजित गरेमा समूह विजेता बन्दै सेमिफाइनल पुग्नेछ ।

    नेपालले पहिलो खेलमा घरेलु टोली ओमानलाई ३९ रनले र फिलिपिन्सलाई १३६ रनले पराजित गरेको थियो । नेपाल ४ अंक जोडेर शीर्ष स्थानमा छ भने क्यानडा र ओमान समान २ अंक जोड्दै दोस्रो र तेस्रो स्थानमा छन् ।

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology