काठमाडौं, फागुन ८ गते । अमेरिकी आर्थिक सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) प्रतिनिधिसभा बैठकमा पेश भएको छ ।
आइतबारको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्रालयको तर्फबाट तर्फबाट सूचना प्रविधि तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले सम्झौता अनुमोदनका लागि पेश गरेका हुन्। । लामो विवाद र बहसपछि सचिवालयमा दर्ता भएको अढाई वर्षपछि सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)बीच भएको अनुदान सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट पेश भएको हो।
नेकपा (एमाले) अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा तत्कालीन सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले २०७६ असार ३० गते संसद् सचिवालयमा एमसीसी सम्झौता प्रस्ताव दर्ता गरेका थिए। वि.सं. २०७४ सालको भदौ २९ गते वाशिङ्टनमा नेपालको तर्फबाट एमसीसी सम्झौतमा तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले हस्ताक्षर गगेका थिए।




