Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

स्पेनिस लालिगामा रियलले डिर्पोेटिभो अलाभेसलाई ३–० गोलले हरायो

स्पेनिस लालिगामा रियलले डिर्पोेटिभो अलाभेसलाई ३–० गोलले हरायो

images
  • खेलकुद
  • फाल्गुण ८, २०७८ आइतवार ०९:४४ बजे
  • 1.1K
    SHARES
  • स्पेनिस लालिगामा रियलले डिर्पोेटिभो अलाभेसलाई ३–० गोलले हरायो
    images

    काठमाडौँ, फाल्गुन ८।  शीर्ष टोली रियल म्याड्रिडले स्पेनिस लालिगामा सानदार जित निकालेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा रियलले डिर्पोेटिभो अलाभेसलाई ३–० गोलले हरायो ।

    एकपक्षीय खेलमा रियललाई जिताउन कप्तान करिम बेन्जेमा, मार्काे असेन्सियो र भिनिसियस जुनियर गोल गरेका थिए। सबै गोल दोस्रो हाफ पछि भएको खेलमा असेन्सियोेले ६३औँ मिनेटमा खाता खोलेका थिए ।८०औँ मिनेटमा भिनिसियसले बेन्जेमाकै पासमा गोल गर्दै रियलको अग्रता दोब्बर बनायो।

    जारी सिजन ला लिगामा भिनिसियसको यो १३औँ गोल हो । सर्वाधिक गोल कर्ताको दोस्रो स्थानमा रहेका भिनिसियसले पाँच असिस्ट पनि दिएको छ । त्यसपछि इन्जुरी समयमा कप्तान बेन्जेमाले पेनाल्टीमा गोल गर्दै रियललाई फराकिलो जित दिलाउन सफल भए । जारी सिजन ला लिगामा बेन्जेमाको यो १८औँ गोल हो ।

     

     

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology