काठमाडौं फागुन । पेट्रोलियम पदार्थको मूल्य फेरि पनि बढेको छ । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी सबै प्रकारका पेट्रोलियममा तीन रुपैयाँले मूल्य वृद्धि गरेको हो ।
अब पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले बढाएर १४५ रुपैयाँ, डिजेल रमट्टीतेल प्रतिलिटर ३ रुपैयाँले बढाएर १२८ रुपैयाँ भएको छ । खाना पकाउने ग्यासको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ ।




