Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

सरोज खनालले फिल्म निर्देसन गर्दै

सरोज-खनालले-फिल्म-निर्देशन-गर्दै

सरोज-खनालले-फिल्म-निर्देशन-गर्दै

images
  • 724
    SHARES
  • सरोज-खनालले-फिल्म-निर्देशन-गर्दै
    images

    सरोज खनालले फिल्म निर्देशन गर्ने भएका छन् । यसअघि केही कथा बोल्ने म्यूजिक भिडियो र सर्ट मुभीको निर्देशन गरिसकेका उनले ‘बगान’ बाट फिचर फिल्म निर्देशनमा पाइला बढाएका हुन् । यतिबेला धमाधम छायांकन भइरहेको फिल्मलाई सुरेश वाग्लेसँग सहकार्य गरेर सरोज आफैंले निर्माण गरेका हुन्।

     
    फिल्ममा करिश्मा मानन्धर, नीर शाह र प्रमिला कार्कीको मुख्य भूमिका छ भने सरोज स्वयं अतिथी भूमिकामा प्रस्तुत भएका छन् । सामाजिक विषयवस्तुमा आधारित फिल्मलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा सहभागी गराउने उद्देश्यसहित निर्माण गरिएको निर्देशक खनालले जानकारी दिएका छन् । फिल्मलाई आउँदो बैशाखमा हलमा प्रदर्शन गर्ने निर्माण टिमको योजना छ । 
     
    गौरीशंकर धुजूको छायांकन रहेको फिल्ममा हरि लम्साल र सुवास भुसालको संगीत र शिव मुखियाको पार्श्व संगीत छ । फिल्मका गीतमा भने सुगम पोखरेल, अस्मिता अधिकारी र वाणिका प्रधानले स्वर दिएका छन् । यही फिल्मबाट करिश्मा मानन्धरले लामो समयपछि अभिनयमा पुनरागमन गरेकी छन् । उनले ५/६ वर्षयता अफर आएका फिल्महरु समेत अस्वीकार गरेर बसेकी थिइन् ।
     

    images
  • सम्बन्धित विषय:

  • # सरोज खनाल

  • सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology