Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

थप ४३७ जना सङ्क्रमित, दुईको मृत्यु

थप ४३७ जना सङ्क्रमित, दुईको मृत्यु

images
  • समाचार
  • फाल्गुण ६, २०७८ शुक्रवार १६:४५ बजे
  • 1.1K
    SHARES
  • थप ४३७ जना सङ्क्रमित, दुईको मृत्यु
    images

    काठमाडौं, फागुन ६ गते । पछिल्लो २४ घण्टाम ४३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार १३३ जनाको पीसीआर परीक्षणमा २७५ जना र ३ हजार ९५८ जनाको एन्टिजेन परीक्षण गर्दा १६२ जना गरी ४३७ जनामा संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९१३ पुगेको छ भने ९ लाख ४८ हजार ७८४ जना संक्रमणमुक्त भएका छन् ।

    मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ४३५ जना रहेका छन् । जसमध्ये १३ हजार ८२८ जना होम आइसोलेसनमा रहेका छन् भने ६०७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १४४ जना आईसीयू र २३ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

    पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या दुई हजार ४५४ रहेको छ भने कोरोना संक्रमणबाट २ जनाको मृत्‍यु भएको छ ।शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १३ हजार ५४४ पुगेको छ ।

     

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology