Logo

बिहिवार, आश्विन ८ गते २०८३

ताजा अपडेट :

आईसीसी टी–२० विश्वकप ग्लोबल छनोट खेलमा नेपाल विजयी

आईसीसी टी–२० विश्वकप ग्लोबल छनोट खेलमा नेपाल विजयी

images
  • खेलकुद
  • फाल्गुण ६, २०७८ शुक्रवार १४:५५ बजे
  • 1.5K
    SHARES
  • आईसीसी टी–२० विश्वकप ग्लोबल छनोट खेलमा नेपाल विजयी
    images

    काठमाडौँ, फाल्गुन ६ गते । आईसीसी टी–२० विश्वकप ग्लोबल छनोट खेलमा नेपालले विजयी सुरुवात गरेको छ । ओमानको अल अमरेत क्रिकेट मैदानमा बिहीबार भएको समूह चरणको पहिलो खेलमा नेपालले घरेलु टोली ओमानलाई ३९ रनले हराएकाे हाे । एक सय १८ रनको विजय लक्ष्य पाएको ओमान १७ ओभरमा सवै विकेटको क्षतिमा ७८ रनमा समेटिएको थियो । ओमानका लागि नसिम खुशीले मात्र २४ रन बनाए। नेपालको कसिलो बलिङको शिकार भएको ओमानका सुरुवाती सात ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् ।

    ओमानलाई सस्तैमा समेट्न कमल ऐरीले तीन, कप्तान सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले दुई दुई विकेट लिए । जितेन्द्र मुखिया र अभिशेक बोहोराले एक एक विकेट लिए । ब्याटिङमा कमजोर देखिएको नेपालले ओमानलाई रोक्न बलिङमा भने सानदार खेल प्रदर्शन गरेको थियो । पहिलो जितसँगै नेपालको विश्वकप छनोट सम्भावना बढेको छ ।

     

     

     

     

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology