Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

नेपालले दियो ओमानलाई ११८ रनको लक्ष्य

नेपालले दियो ओमानलाई ११८ रनको लक्ष्य

images
  • खेलकुद
  • फाल्गुण ६, २०७८ शुक्रवार १३:२१ बजे
  • 2.3K
    SHARES
  • नेपालले   दियो ओमानलाई ११८ रनको लक्ष्य
    images

    ६ फागुन, काठमाडौं । ओमानमा जारी टी-२० विश्वकप छनोटअन्तर्गत पहिलो खेलमा नेपालका ब्याट्सम्यानहरू ओमानसामू निरीह बन्दा नेपाल न्यून स्कोरमा सीमित भएको छ ।

    टस हारेर ब्याटिङ गरेको नेपालले पूरै ओभर खेल्दै ८ विकेटको क्षतिमा ११७ रन मात्र बनाउन सक्यो । मध्यक्रममा आरिफ शेखले ३८ रन बनाउनुबाहेक अन्यले अपेक्षाकृत प्रदर्शन गर्न सकेनन् । आसिफ शेख पहिलो ओभरमै ४ रनको व्यक्तिगत स्कोरमा आउट भए । तेस्रो ओभरमा अर्का ओपनर कुशल भुर्तेल पनि ५ रनको स्कोरमा आउट भए । दुवैलाई ओमानका तीव्र बलर विलाल खानले क्याच आउट गराएका हुन् ।

    पूर्वकप्तान ज्ञानेन्द्र मल्लले १५ रन, दीपेन्द्रसिंह ऐरीले ११, लोकेश बम १६, विवेक यादवले ७ रन जोडे । कप्तान सन्दीप लामिछाने १६ रनमा अविजित रहे । ओमानका खवार अलीले ३ र विलाल खानले २ विकेट लिए ।

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology