Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

वायुनिगमको टिव्न अट्टर (9N ABT) विमानद्वारा काठमाडौंवाट इलामको विमानस्थलमा सकुशल अवतरण गरी सफल परीक्षण

वायुनिगमको टिव्न अट्टर (9N ABT) विमानद्वारा काठमाडौंवाट इलामको विमानस्थलमा सकुशल अवतरण गरी सफल परीक्षण

images
  • समाचार
  • माघ २६, २०७८ बुधवार २०:०६ बजे
  • 730
    SHARES
  • images

    आज नेपाल वायुसेवा निगमको टिव्न अट्टर (9N ABT) विमानद्वारा काठमाडौं अन्तर्रांष्ट्रिय विमानस्थलवाट विहान ९:০५ मिनेटमा उडी इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा विहान १०:०२ मिनेटमा सकुशल अवतरण गरी सफल परीक्षण उडान सम्पन्न भएको छ। यस परीक्षण उडान गर्नका लागि माननीय संस्कृति, पर्यटन तथा नारगरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेको विशेष निर्देशन रहेको थियो। उक्त परीक्षण उड़ानको प्रतिवेदन (Test Flight Landing Report) तयार भए पश्चात सुरक्षाका सम्पूर्ण सिफारिसहरु अवलम्बन गर्न गरी निगमले नियमित उड़ान संचालनको तयारीको प्रक्रिया अधि बढ़ाउने व्यहोरा समेत उल्लेख गरेको छ। उक्त सफल परीक्षण उडान सम्पन्न भएकोमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले व्यवस्थापनको तर्फवाट चालकदल तथा श्री नेपाल नागरिक उड्डयन प्राधिकरण समेतका सम्पूर्ण प्राविधिक टोलीलाई धन्यवाद ज्ञापन गरेका छन् ।IMG-20220209-WA0020.jpg

    images

    सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology