Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

उज्वल थापाको सम्पूर्ण उपचार खर्च दुर्गा प्रसाईले व्यहोर्ने

उज्वल थापाको सम्पूर्ण उपचार खर्च दुर्गा प्रसाईले व्यहोर्ने

images
  • समाचार
  • जेठ १५, २०७८ शनिवार ११:५६ बजे
  • 2.2K
    SHARES
  • images

    उज्वल थापाको सम्पूर्ण उपचार खर्च दुर्गा प्रसाईले व्यहोर्ने

    काठमाडौं । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्वल थापाको औषधी उपचारलगायत सम्पूर्ण उपचार खर्च बीएण्डसी मेडिकल कलेजका कार्यकारी निर्देशक दुर्गा प्रसाईले व्यहोर्ने घोषणा गरेका छन् ।

    कोरोना संक्रमणबाट गम्भीर बिरामी परेपछि ग्राण्डी अस्पताल भेन्टिलेटरमा राखेर उपचार गरिएको र हाल मेडिसिटी अस्पतालमा उपचाररत थापाको उपचारमा लागेको सबै खर्च शनिबार विज्ञप्ति जारी गर्दै बीएण्डसी मेडिकल कलेजले सामाजिक उत्तरदायित्व अन्तर्गत व्यहोर्ने प्रसाईले घोषणा गरेका हुन् । यसैबीच थापाको स्वास्थ्य उपचारका लागि गोफन्ड लगायतबाट आर्थिक सहयोग अभियान सञ्चालन गरिएको छ। विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले सहयोग संकलन अभियान सञ्चालन गरेका छन्।

    उज्वल  थापालाई कोरोना र निमोनिया देखिएकोले करिब दुई साताअगाडिदेखि उनी उपचाररत छन्।

    Note: Press release is attached herewith.

    u t.jpgPRESS RELEASE:

    press statement.jpg

     

    images
  • सम्बन्धित विषय:

  • # #दुर्गा प्रसाई
  • # #उज्वल थापा

  • सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology