Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

विशालसिंह र सन्देश गुरुङ को राष्ट्रिय कीर्तिमान

विशालसिंह र सन्देश गुरुङ को राष्ट्रिय कीर्तिमान

images
  • खेलकुद
  • पौष २९, २०७८ बिहिवार २१:५३ बजे
  • 499
    SHARES
  • images

    पुस २९ गते ।  नेपाल प्रहरीका सन्देश गुरुङ र विशालसिंह विष्टले राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा बिहीबार नयाँ राष्ट्रिय कीर्तिमान बनाउनुभएको छ । गुरुङ ले सिनियर पुरुष ९६ केजीको स्न्याचतर्फ १०९ केजी भार वहन गर्दै विशालसिंह विष्टले बनाएको १०८ केजीको कीर्तिमान भंग गर्नुभएको हो ।

    स्न्याचमा गुरुङले १०९ केजी सहित क्लिन एन्ड जर्कमा १ सय ३७ केजी गरी कुल २०६ केजी वजन उठाउदै स्वर्ण जित्नुभयो । ए पि एफका सुजन विकले रजत तथा धनुषाका उज्ज्वलकुमार मिश्राले कांस्य जित्नुभयो । १०२ केजी सिनियर पुरुष  मा विशालले स्न्याच, क्लिन एन्ड जर्क र कुलमा राष्ट्रिय कीर्तिमान बनाउनुभयो ।यसअघि उक्त कीर्तिमान सन्देश गुरुङको नाममा थियो । नेपाल आर्मीका विनोद खड्का दोस्रो तथा एपिएफका रणबहादुर नगरकोटी तेस्रो हुनुभयो ।

    नेपाल भारोत्तोलन संघद्वारा आयोजित प्रतियोगिताको सिनियर पुरुष ८९ केजीमा नेपाल प्रहरीका ओमप्रकाश वैश्य पहिलो हुनुभयो । जुनियर पुरुष ८९ केजीमा बाँकेका सुरज वैश्य, युथतर्फ पुरुषको ९६ केजीमा सप्तरीका सञ्जय यादवल, युथतर्फ महिला ८१ केजीमा कास्कीकी सिन्जल गुरुङ, सिनियर महिलाअन्तर्गत ७६ केजीमा प्रहरीकी तारादेवी पुन, ८१ केजीमा प्रहरीकी जानकी बुढा, ८७ केजीमा प्रहरीकी विद्या राई र ८७ केजीमाथि नेपाल आर्मीकी अस्मिता राईले स्वर्ण जित्नुभयो ।

    जुनियर पुरुषको १०२ केजीमा आर्मीका निरज सिग्देल, सिनियर पुरुषको १०९ केजीमा प्रहरीका राजीव महर्जन र १०२ केजीमाथि आर्मीका पुकार गुरुङ पहिलो हुनुभयो । विजेतालाई संघीय सांसद एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, मध्यपुर थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठ, आयोजक नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठलगायतले पुरस्कार प्रदान गर्नुभयो । तीनदिने प्रतियोगिताअन्तर्गत  एक सय ४३ खेलाडीले विभिन्न ६० स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

    images

    सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology